काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०८१-८२ को लागि आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१-८२ को लागि आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने जनाएको छ ।


