बैंकको जाली चेक दिने जबरा पक्राउ, अब हुन्छ कारवाही !

काठमाडौँ। चेक अनादर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको डिल्ली बजार घर भई काठमाडौंको चप्पलकारखाना बस्ने ७७ वर्षीय शोभन शम्शेर जबरा रहेका छन्।

जबरालाई चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालत, बबरमहलले बिगो रकम १० लाख र सोको ब्याजसहित सजाय सुनाएको थियो।

काठमाडौँ जिल्ला अदालतको फैसलाले बिगो बमोजिमको रकम असुल गरी उनलाई कानुन बमोजिम २ वर्ष कैद सजाय तोकिएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको हो।

हाल उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत, बबरमहलमा पेश गरिएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्