PRABHU BANK

एनआईसी एशिया बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न

nic asia bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २९ गते शुक्रबारका दिन काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रा.लि. (आरोग्य हल) मा सम्पन्न भएको हो ।
बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधनरथप गर्ने प्रस्ताव पारित गरेको छ ।
सो सभाले मिति २०७९/०७/०२ गते सम्पन्न सञ्चालक समितिको ५७१औं बैठकको निर्णयानुसार सर्वसाधारण सेयरधनी समुहको तर्फबाट सञ्चालकमा वसौटी-६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर-३१, काठमाडौं निवासी केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै