आरम्भ चौतारी लघुवित्तका सेयरधनीको हात ४ वर्षदेखि खाली !

काठमाडौँ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

लघुवित्तको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीका सेयरधनीहरूले लाभांश नपाउने भएका छन्।

कम्पनीका सेयरधनीहरूको लगातार ४ वर्षयतादेखि हात खाली भइरहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्