गैरकानुनी तरिकाले ऋण लिएको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा, बैंकबाट यसरी लिएका थिए ऋण…

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा गैरकानुनी तरिकाले ऋण लिएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ।

आयोगको उजुरी अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशी, सवइन्जिनियर जय कुँवर, असिस्टेन्ट सवइन्जिनियर तेज बहादुर सुनार तथा गाउँपालिका-२ का स्थानीय शान्ति नाथले मिलेर सनराइज बैंकबाट ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएका थिए।

अख्तियारका अनुसार शान्ति नाथले गाउँपालिका-२ स्थित कित्त्ता नं. ३५७ को ४०० वर्ग मिटर जग्गामा कुनै भौतिक संरचना नहुँदाहुँदै घर तथा कोठा रहेको देखाएर ती कागजात धितो राखी उक्त ऋण प्राप्त गरेका थिए।

स्थलगत अनुसन्धानका क्रममा त्यहाँ कुनै पनि घर, कोठा वा अन्य संरचना फेला नपरेको आयोगले जनाएको छ। सूचनासहित:

notice

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्