PRABHU BANK

प्रभु बैंक लिमिटेडद्धारा नवलपुरको प्रगतिनगरमा शाखा संचालन

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा संचालन गरेको छ । बैंकले नवलपुर (नवलपरासी पुर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं १५ स्थित प्रगतिनगरमा शाखा सञ्चालन गरेको हो । बैंकले कार्तिक १९ गते बुधबार आफ्नो २११औं शाखा सञ्चालन गरेको हो ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो ।
प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै