लक्ष्मी सनराइज बैंकको २५ औँ वार्षिक साधारण सभा पुस १४ गते हुने

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २५ औँ वार्षिक साधारण सभा बोलाएको हो।

बैंकले पुस १४ गते सोमबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा सभा गर्ने भएको छ।  उक्त सभा बिहान ११ बजे हुने बैंकले जनाएको छ।

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १ गते बुकक्लोज गर्ने भएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्