PRABHU BANK

सिद्धार्थ बैंकद्धारा ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सार्वजनिक, व्यवसायीलाई १० करोड रुपैयाँसम्म सहुलियत कर्जा दिने

Siddhartha Bank
  • बैकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकले व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवर्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ उक्त कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले कृषि व्यवसायीलाई १० करोड रुपैयाँसम्मको कर्जा सुविधा दिने भएको छ । 
कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्धन गरी देशमा उत्पादन एवं रोजगारी अविवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा योजान ल्याएको हो । कृषि क्षेत्रको विकासमा मध्यनजर गर्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने विश्वास बैंकले लिएको छ । यस्तै कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वास पनि बैकले लिएको छ ।
यस सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यस कर्जा योजनाका प्रमुख विशेषता भनेको १० करोडसम्मको कर्जा सुविधा, प्रशासनिक/नवीकरण शुल्क नलाग्ने र १५ वर्ष सम्मको कर्जा अवधि (व्याज अनुदान ५ वर्ष सम्म प्राप्त हुने) रहेको छ ।
यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहक समक्ष ल्याईएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो । यस कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र ०१-५९७००२० मा सम्पर्क गर्न बैंकले सबै ग्राहकलाई अनुरोधसमेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै