PRABHU BANK

कुमारी बैंक लिमिटेडको १४ प्रतिशत लाभांश परिमार्जन

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडको लाभांश परिमार्जन भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश वितरण गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस सेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
यसअघि बैंकले १० प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी सेयरधनीलाई कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरी कुल लाभांशलाई भने कायम नै राखेको जनाएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै