बैंकिङ कसुर मुद्दा परेपछि भागेका शेर्पा पक्राउ, अब हुन्छ त कारवाही ?

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड घर भई काठमाडौंको गोकर्णेश्वर ६ बौद्ध बस्ने ३० वर्षीय मिङमार शेर्पा रहेका छन्।

उनीमाथि बैंकिङ कसुर मुद्दामा ३३ लाख बिगो रहेको प्रहरीले जनाएको छ। शेर्पालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बौद्धबाट पक्राउ गरेको हो।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्