DISH HOME

कुमारी बैंक ‘भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५’ मा प्रतिष्ठित विधाबाट सम्मानित

काठमाडौँ। कुमारी बैंक ‘सीमापार व्यवसायमा उत्कृष्टता’ तथा ‘उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्टता प्रमुख ग्राहक’ अवार्डबाट सम्मानित भएको छ। भिसा अन्तर्राष्ट्रियद्वारा आयोजित ‘भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा कुमारी बैंकलाई ‘सीमापार व्यवसायमा उत्कृष्टता’ तथा ‘उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्टता प्रमुख ग्राहक’ अवार्डहरुले सम्मानित गरिएको हो ।

कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताका लागि यो सम्मान प्रदान गरिएको हो।

आफ्नो स्थापना कालदेखि बैंकिङ सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको बैंकले आगामी दिनमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्टि सेवा प्रदान गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाईमार्फत ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ।‍

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै