सिद्धार्थ बैंकका कर्मचारीमाथि लुटपाट, बैंकको एटिएम कार्ड, चाबी र आइडी कार्ड पनि चोरी, प्रहरीले पक्डीयो ४ जना लुटेरा !

काठमाडौँ। सिद्धार्थ बैंकका कर्मचारीमाथि लुटपाट गर्ने चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको वालिङ ११ डौवा घर भएका ईश्वर बुढाथोकी,  नुवाकोट, गोस्याङ घर भएका बिशाल राई, नुवाकोटको किस्पाङ घर भएका साजन तामाङ, नुवाकोटको चौगाडा समिर तामाङ रहेका छन्।

उनीहरूले सिद्धार्थ बैंककी एक महिला कर्मचारीको नगद, बैंकको चाबी, मोबाइल तथा कागजातहरू, बैंकको एटिएम कार्ड भएको लेडिज ब्याग लुटपाट गरेका हुन्।

उक्त ब्याग लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्