PRABHU BANK

महिला लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासनको लागि बोर्डसँग माग्यो अनुमति

Mahila Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्नको लागि अनुमति मागेको छ । लघुवित्तले आइपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । 
लघुवित्तले ४ लाख कित्ता आइपीओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो । लघुवित्तले बोर्डसँग प्रतिकित्ता १०० रुपैयाँको दरमा उक्त कित्ता आइपीओ बिक्री गर्नका लागि अनुमति मागेको हो । 
बोर्डको अनुमति पाएसँगै संस्थाको आइपीओ जारी हुने भएको छ । अहिले संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । यस्तै आइपीओ बिक्री भएपछि संस्थाको पुँजी १० करोड पुग्नेछ । लघुवित्तको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै