HIMALAYAN LIFE
Banking Sansar Mobile App

माछापुच्छ्रे बैंककि शर्माको गैरकानुनी हर्कतबारे संचालकको चासो, `मिडिया भड्काउनेले कसरी व्यवस्थापन गर्छ ?´

काठमाडौँ । माछापुच्छ्रे बैंकमा ब्राण्ड विभागमा कार्यरत सुनिता शर्माले गरेका गैरकानुनी कामबारे बैंकका संचालकहरुले पनि चासो देखाएका छन् । मिडियाको गोपनियता भंग गरेको, बैंकमा रहनुपर्ने गोप्य सूचना चुहाएको, र यस विषयमा प्रश्न गर्ने मिडियासँग उल्टै झगडा गरेर बैंकको ब्राण्ड बदनाम गरेको तथ्य बाहिर आएपछि संचालकले यसमा चासो देखाएका हुन् ।
बैंकका एक संचालकले आफुले शर्माको हर्कतबारे सम्बन्धित हाकिमसँग प्रश्न गरेको बताए । ‘मिडिया संचालन गर्न दिएको जिम्मेवारी पूरा गर्नु त कहाँ हो कहाँ, उल्टै मिडियालाई भड्काएर बैंकको ब्राण्ड बदनाम गराउने काम हुँदैरहेछ । यस विषयमा मैले चासो राखेको छु ।’ बैंकिङ संसार डटकमसँग ती संचालकले भने, ‘मलाई आइतबार बेलुकीसम्म रिपोर्ट गर्छु भनेका छन् । त्यसपछि थप भनौंला ।’
यस्तो विवादमा तानिएपछि पनि शर्मा किन पदमै छिन् भन्ने विषयले आफुलाई आश्चर्यचकित बनाएको ती संचालकको भनाई छ ।
यता सुनिता शर्माले पनि आफूबाट गैरकानुनी काम भएको भन्दै माफी मागेकी छिन् । यद्यपी उनले सो कामलाई ह्युमन इरर भनेकी छिन् ।
बैंकका सूचना अधिकारी सुनिल खतिवडाले पनि शर्माले आफुले गरेको गलत कामका लागि माफी मागिसकेको दाबी गरेका छन् ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।