‘आगामी त्रैमासमा बैंकहरुको वित्तीय विवरण सुधार हुनेछ’

काठमाडौँ। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी त्रैमासमा बैंकहरुको वित्तीय विवरण सुधार हुने बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो अपेक्षा व्यक्त गरेका हुन्।

जेनजी आन्दोलन र बाढी पहिरोका कारण बैंकहरुको पहिलो त्रैमासको रिपोर्ट दबाबमा देखिएको उनले बताएका छन्। अध्यक्ष कोइरालाले बैंक तथा वित्तीय संस्थाको सूचकाङ्कलाई हेर्ने हो भने राम्रो नरहेको पनि उल्लेख गरेका छन्।

बैंकहरुको रिकभरी प्रभावित हुँदा पनि बैंकहरुको वित्तीय विवरणमा दबाब देखिएको अध्यक्ष कोइरालाको भनाइ छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्