दुर्गा प्रसाईंको समूहको माग: ‘बैंकको कालोसूचीबाट ६ लाख नेपालीको नाम हटाउनु पर्छ’

काठमाडौँ। बैंकको कालोसूचीबाट ६ लाख नेपालीको नाम हटाउन दुर्गा प्रसाईंको समूहले माग गरेको छ। कार्तिक २६ गते बुधबार गृह मन्त्रालयमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका दुर्गा प्रसाईंको समूहबीच भएको छलफलमा यस्तो माग गरिएको हो। 

दुर्गा प्रसाईंको समूहले सिंहदरबारमा गृहमन्त्रीसँगको छलफलका क्रममा ६ लाख नेपालीको नाम कालोसूचीबाट हटाउन माग गरेका हुन्। उक्त समुहले गृहमन्त्री ओमप्रकाश अर्याललाई २७ बुँदे माग बुझाएको थियो। जसमा बैंकको कालोसूचीबाट ६ लाख नेपालीको नाम हटाउन आग्रह गरिएको छ।

योसँगै दुर्गा प्रसाईं समूहले बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गर्न पनि माग गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्