DISH HOME

राष्ट्रिय वाणिज्य बैंकको पूर्व कर्मचारी पक्राउ, अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने गरेको खुलासा !

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागज प्रयोग गरी धम्काउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँको तारकेश्वर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागज प्रयोग गरी धम्काउने काठमाडौँ तारकेश्वर नगरपालिका ७ फुटुङ बस्ने ३७ वर्षीय ऐभान बहादुर महरालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पश्चात महरालाई प्रहरीले सोधपुछ गरेको थियो। सोधपुछको क्रममा महरा राष्ट्रिय वाणिज्य बैंकको पूर्व कर्मचारी भएको पाइएको छ।

उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै