काठमाडौँ। समृद्धि फाइनान्सले २४औं वार्षिकोत्सव मनाएको छ । कात्तिक २५ गते आयोजित वार्षिकोत्सव समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहकहरुको सक्रिय सहभागितामा वार्षिकोत्सव सम्पन्न भएको हो।
फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरू र बचतकर्ताको उपस्थितीमा केक काटेर खुसियालीका साथ मनाइएको हो । कार्यक्रमले संस्थाको २४ वर्षको सेवा बृद्धि, समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिइएको थियो ।
साथै, समृद्धि फाइनान्स र पोखरा फाइनान्स एक आपसमा गाभिने प्रक्रियामा रहेको छ ।



