काठमाडौँ। गुराँस लघुवित्तले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा भने लघुवित्तले १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १७६.९२ प्रतिशत बढेको छ।
यता लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १६.०२ प्रतिशत र सञ्चालन मुनाफा ३९.५४ प्रतिशतले बढेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ १७ पैसा रहेको छ।


