DISH HOME

सिटिजन्स बैंकका ग्राहकहरूलाई जावलाखेलस्थित केल्मी शोरूममा विशेष छुट

काठमाडौँ। सिटिजन्स बैंक र जावलाखेलस्थित केल्मी शोरूमबीच ग्राहकहरूलाई विशेष छुट दिनेगरी सम्झौता भएको छ। सो सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले केल्मी शोरूम जावलाखेलमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु संचालनमा ल्याइरहेको जनाएको छ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा रहेको जनाइएको छ । बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड संचालनमा ल्याएको छ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै