‘आज भन्दा भोलि र भोलि भन्दा पर्सि अझै राम्रो सुविधा दिनेछौँ’ 

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुयोग श्रेष्ठले आज भन्दा भोलि र भोलि भन्दा पर्सि अझै राम्रो सुविधा दिँदै जाने बताएका छन्। कार्तिक १३ गते बैंकको २१औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकका सिइओ श्रेष्ठले यस्तो बताएका हुन्।

उनले बैंकले आगामि दिनमा सेवालाई विस्तार गरी अझै राम्रो सेवा दिने बताए । उनले सञ्चालन समिति, कर्मचारीहरूलाई धन्यवाद दिँदै भने, ‘हाम्रो बोर्ड अफ डाइरेक्टर, सञ्चालन समिति र कर्मचारीहरूले जुन योगदान पुर्‍याउनु भएको छ, बोर्डले जुन गाइडेन्स गरिरहनु भएको छ, जुन योगदान छ त्यो विना यो सम्भव नै हुँदैनथ्यो । त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु ।’

उनले १ सय ९ वटा शाखाहरु खोल्न सफल भएको भन्दै आगामी दिनहरुमा अझै पनि यो भन्दा बढी सुद्रिढ राम्रो सेवा दिने बताए ।

‘हामी अहिले जुन ठाउँमा छौ, १ सय ९ वटा शाखाहरु करिव ८५० कर्मचारीको संख्या, ५ सय भन्दा बढी संस्थापकहरुको शेयरलगायत करिब २४ हजार जति हाम्रा शेयर धनीहरू र अनगिन्ती ग्राहक र सेवार्थीहरुको यो वेसलाई लिएर अगाडि बढ्छौँ । आगामी दिनहरूमा अझै पनि यो भन्दा बढी सुद्रिढ, राम्रो सेवा दिन सक्छौ साथै व्यवसाय विस्तार गरेर राम्रो फाइदा दिन सक्छौ,’ उनले भने ।

सांग्रिला डेभलपमेन्ट बैंकले २१ औँ वार्षिकोत्सव मनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्