PRABHU BANK

एनएमबि बैंकद्धारा नयाँ शाखा कार्यालय संचालनमा, देशैभरी सबै सेगमेन्टको वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो १७३औं शाखा बुटवलको देवीनगरमा संचालनमा ल्याएको हो । यो सँगै लुम्बिनी प्रदेशमा बैंकको शाखा संख्या २८ वटा पुगेका छन् । 
सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रिय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भई उक्त शाखाको शुभारम्भ गरिएको बैंकका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताएका छन् ।
साथै बैंकले आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम जारी राख्ने पनि बताएको छ । सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखाले देशैभरी सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउने कम्पनीको विश्वास छ ।
बैंकले हाल १ सय ७३ शाखाहरु, १ सय ३५ एटीएम र ८ विस्तारित काउन्टरहरुमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । साथै १० हजार ४१६ क्यूआर र ४३४ भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै