prabhu

सिटिजन लाईफ ईन्स्योरेन्सद्धारा मृतकको परिवारलाई बीमा दाबी भुक्तानी

Citizens Life Insurance
  • बैंकिङ संसार
भैरहवा । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सिद्धार्थनगर ९ भैरहवा शाखाले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । 
कालगतिले निधन भएकी स्व.सरस्वती लोनियाको छोरा सन्दिप लोनियालाई मृत्यु दावी भुक्तानी बापत १ लाख २५ हजारको चेक हस्तान्तरण गरेको हो । ५५ वर्षिया लोनियाको मिति २०७७-०५-०७ मा निधन भएको थियो ।तिलोत्तमा नगरपालिका १३ विसौरिया रुपन्देही निवासी स्व.सरस्वती लोनियाले सिटिजन शुभारम्भ योजना अन्तर्गतको १ लाखको १५ वर्षे बीमा योजना खरिद गरि पहिलो किस्ता ५ हजार ६ सय ३० रुपैयाँ बुझाएका थिए ।
सिटिजन लाइफ इन्स्योरेन्स भैरहवाका एरिया शाखा प्रमुख नरेश सिग्देल, तिलोत्तमा नगरपालिका वडा नं.१३ का वडाध्यक्ष गणेश न्यौपाने, भैरहवा शाखा प्रमुख गिरिजा खनाल ,भलवारी शाखा प्रमुख रवि काफ्ले लगायतले संयुक्त रुपमा लोनियालाई चेक हस्तान्तरण गरेका हुन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै