PRABHU BANK

माछापुच्छ्रे बैंक लिमिटेडको २२औंं वार्षिक साधारणसभा पौषमा हुने, यस्ता छन् पारित हुने विषयहरु

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । बैंककाको २२औंं वार्षिक साधारणसभा पौष २ गते बिहीबार हुने भएको हो । यसअघि कार्तिक ६ गते होटल पोखरा ग्राण्ड पार्दि पोखरामा गरिने भनिएको सभा कोरोना संक्रमण र चाडपर्वको कारण सेयरधनीहरूलाई साधारणसभामा भाग लिन कठिनाई हुने भएकोले स्थगित गरिएको थियो ।
बैंकको मंसिर १२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त साधारणसभा बिहीबार होटल पोखरा ग्राण्ड पार्दि पोखरामा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते बुकक्लोज गरेको थियो । त्यसैले असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।
यसैगरी सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७ दशमलव ०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस सेयर र ३ दशमलव ७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
यसका साथै सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन जस्ता विषयहरुमा पनि छलफल गरिने भएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू पनि पारित गरीने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै