PRABHU BANK

जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

General Insurance
  • बैंकिङ संसार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको पहिलो त्रैमासमा खुद बीमा शुल्क र नाफा वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । 
अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा भने कम्पनीले ५८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा कम्पनीको अघिल्लो आर्थिक वर्षको खुद नाफा कम हो । यस्तै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा भने कम्पनीले ७ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा कम्पनीको अघिल्लो आर्थिक वर्षको खुद बीमा शुल्क कम हो ।
यस्तै कम्पनीको कुल बीमा पनि वृद्धि भएर १९ करोड ५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा भने १४ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा ७० करोड चुक्ता पूँजी रहेको कम्पनीले चालु आर्थिक वर्षमा १ अर्व चुक्ता पूँजी बनाउन सफल भएको छ । कम्पनीले आईपिओ जारी गरेर चुक्ता पूँजी बढेको हो । चालु आर्थिक वर्षका पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ९.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.६६ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको पिई अनुपात ३८.६८ रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५४.४० रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै