PRABHU BANK

एनआईसी एशिया बैंकले गर्यो ३ कम्पनीको ६ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत विक्री खुल्ला

NIC ASIA Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ४ कम्पनीको सेयर लिलामी मार्फत विक्री खुल्ला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर मंसिर १४ गते आईतबारबाट लिलामीमार्फत बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ९२ हजार ९ सय ९४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ३९ हजार ४ सय ७० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २५ हजार ७ सय २६ कित्ता संस्थापक समूहको सयरहरू लिलामीमार्फत बढाबढ गरी बिक्री गर्न लागेको हो ।
नागरिक लगानी कोषको सेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्ने भएका छन् भने सूर्या लाइफ र एशियन लाइफको सेयरमा अन्य योग्य लगानीकर्ताले पनि आवेदन दिन सक्ने भएका छन् । लगानीकर्ताले मंसिर १४ गते आईतबारदेखि मंसिर १९ गते शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ । लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकत्तममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् ।
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिने पनि बैंकले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै