PRABHU BANK

कामना सेवा विकास बैंकको ऋणपत्र प्रत्याभुतीकर्तामा नागरिक लगानी कोष नियुक्त

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्र प्रत्याभुतीकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । बैंकको १ हजार अंकित दरका १० लाख कित्ताको ऋणपत्र प्रत्याभुतीकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको हो ।
बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सँगैं नेपाल राष्ट बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्कासन गर्ने पहिलो विकास बैंक बनेको छ ।
यस ‘९५ केएसएसबिबिएल डिबेञ्चर २०८७’ ऋणपत्रको अवधि १० बर्षको रहेको अर्ध बार्षिक व्याज प्रदान हुने भएको छ । साथै सेबोनको स्विकृति पश्चात यो ऋणपत्र निकट भविष्यमा निष्कासन गरिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै