PRABHU BANK

कृषि विकास बैंकबाट रकम चोरी गर्ने खम्ब घले प्रहरीको फन्दामा

Agricultural Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकबाट रकम चोरी गर्ने खम्ब घले प्रहरीको फन्दामा परेका छन् । बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाडौंबाट बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखेर भुक्तानी लिई फरार रहेका एक अभियुक्त प्रहरीको फन्दामा परेका हुन् । 
महानगरीय अपराध महाशाखा टोलीले धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई स्वयम्भूबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई संगठित अपराधसमेतको कसूरमा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको छ । अपराधिक समूहका व्यक्तिहरूले संगठित रूपमा विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएका थिए । 
२०७६ असोज ७ गते बैंकको मौज्दातबाट विभिन्न अपराधिक व्यक्तिहरूको समूहले बैंकबाट ४ करोड ८८ लाख ४६ हजार रूपैयाँ रकमान्तर गरेर भुक्तानी लिएका थिए । महाशाखाबाट घटनाको अनुसन्धान गर्दा श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालगायतका व्यक्तिहरू पक्राउ परेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै