DISH HOME

सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो, बैंकहरुलाई सेयर कारोबारमा लचिलो व्यवस्था, अव सेयर बजार के होला ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा व्यक्तिगत ग्राहकका लागि तोकिएको सीमा हटाएको छ । अब व्यक्तिले चाहे अनुसार बैंक तथा वित्तीय संस्थाबाट जति पनि सेयर धितो कर्जा लिन सक्ने भएका छन् ।

केन्द्रीय बैंकले बुधबार सर्कुलर जारी गर्दै मार्जिन प्रकृतिको कर्जा (सेयर धितो कर्जा) सम्बन्धी पुरानो प्रावधान संशोधन गरेको हो । यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट एकल ग्राहकले अधिकतम २५ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले यो सीमा पूर्ण रूपमा खारेज गरेको छ ।

यो व्यवस्थालाई पूँजी बजारमै ठूलो राहतका रूपमा हेरिएको छ । अर्थ मन्त्रालयले केही समयअघि गठन गरेको पूँजीबजार सुधार कार्यदलले यही प्रावधान हटाउन सिफारिस गरेको थियो । कार्यदलको सिफारिस अनुसार राष्ट्र बैंकले निर्देशन संशोधन गर्दै पुरानो सीमा हटाएको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै