PRABHU BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बुधबारदेखि लिलामीमा

National Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रि खुल्ला हुने भएको छ । लघुवित्तको संस्थापक सेयर मंसिर  १७ गते बुधबारदेखि लिलामीमा बिक्रि खुल्ला हुने भएको हो । कम्पनीले १० लाख ४ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्रि गर्न लागेको जनाएको छ ।
उक्त सेयरमा आवेदकले पुस १ गतेसम्म आवेदन गर्न सक्ने भएका छन् । सेयरको न्युनतम मुल्य प्रति सेयर ७२५ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त सेयर खरीदको लागि बोलकबोल गर्दा न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ । आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै