HIMALAYAN LIFE
Banking Sansar Mobile App

कर्णाली डेभलपमेन्ट बैंकको डिडिए रिपोर्ट सार्वजनिक : दुई अर्बभन्दा बढी ऋणात्मक नेटवर्थ, घोटालै घोटाला

काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको ‘ड्यु डिलिजेन्स अडिट’ (डिडिए) सम्पन्न भएको छ । सार्वजनिक प्रारम्भिक नतिजाले बैंक अझै गहिरो संकटमा रहेको प्रष्ट पारेको छ ।

रिपोर्टअनुसार बैंकको प्रारम्भिक वित्तीय विवरणमा नेटवर्थ १ अर्ब ९० करोड ७३ लाख १७ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । तर आवश्यक समायोजन र पुनर्मूल्यांकनपछि नेटवर्थ अझ बढेर २ अर्ब ४६ करोड ७७ लाख ४४ हजार रुपैयाँ ऋणात्मक पुगेको उल्लेख छ ।

त्यसबाहेक बैंकभित्र ऋणको दुरुपयोग, अनधिकृत कर्जा प्रवाह, सम्पत्तिको ओभर भ्यालुएसन, तथा १ अर्ब ५० करोड २२ लाख ६७ हजार रुपैयाँ बराबरको अपव्यय र अनधिकृत लेनदेनसमेत फेला परेको रिपोर्टले देखाएको छ ।

बैंकले लामो समयदेखि साधारण सभा नगरेको, सेयर बजार नियामकलाई आवश्यक विवरण नबुझाएको र कानूनी प्रक्रिया समेत ढिला गरेको तथ्य पनि बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले गत वर्ष पुष १० गते नै यसलाई समस्याग्रस्त बैंक घोषणा गरिसकेको थियो । हालै देखिएका अनियमितता र संभावित घोटालाका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि छानबिन अगाडि बढाइरहेको छ ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।