HIMALAYAN LIFE
Banking Sansar Mobile App

बैंकरको गुनासो: ‘दशैंमा काठमाडौँ-धनगढी आउजाउ गर्दा महिनाभरको तलव नै सकियो, बोनसले चाड मनाउन पुगेन’ 

काठमाडौँ । दशैंका बेला काठमाडौँ–धनगढी हवाई मार्गमा भाडादर आकाशिदा बैंकरहरुले काठमाडौँ-धनगढी आउजाउ गर्दा महिनाभरको तलव सकिएको गुनासो गरेका छन् । दशैंमा एकतर्फी टिकटको मूल्य प्रतियात्रु १६ हजार हाराहारी छ । आउजाउ गर्दा ३० हजार बढी सकिएको तर बैंकमा जागिर खाने ट्रेनी असिष्टेण्टको तलव ३० हजार नभएको भन्दै बैंकरहरुले गुनासो गरेका छन् ।

निजी विमान कम्पनीहरूले चाडपर्वको भीडभाडलाई लक्षित गरी काठमाडौँ–धनगढीको भाडा सामान्य अवस्थामा लिइने रु ७,९०० बाट बढाएर दुई गुणाभन्दा बढी पुर्‍याएपछि त्यसको मारमा बैंकरहरु पनि परेका हुन् ।

उनीहरुले दशैंमा हवाई टिकटमै महिनाभरको तलव सकिएको भन्दै पाएको थप एक महिनाको बोनसले दशैं मनाउन नै नपुगेको गुनासो समेत गरेका छन् । आइतबार नै अफिस जानुपर्ने भएकाले र शनिबारसम्म मौसमका कारणले बाटो खराब भएको भन्दै अधिकांस यात्रुहरु हवाईमार्गबाट नै यात्रा गर्न बाध्य बनेका छन् ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।