HIMALAYAN LIFE
Banking Sansar Mobile App

नबिल बैंकका पूर्व सीइओ अनिल केशरी शाह भन्छन्- ‘एक हजार र पाँच सयका नोट ब्याण्ड हुनुपर्छ’

काठमाडौँ । नबिल बैंकका पूर्व सीइओ अनिल केशरी शाहले एक हजार र पाँच सय रुपैयाँको नोट ब्याण्ड हुनुपर्ने बताएका छन् । आफ्नै पोडकाष्टमा केहि मुर्धन्य व्यक्तित्वहरुसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन् ।
डा. बाबुराम भट्टराई, पत्रकार दिलभूषण पाठकजस्ता व्यक्तिहरुसँगको पोडकाष्टमा उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचनमा जाने बढी पैसा रोक्न पनि यस्तो नोटबन्दी आवश्यक रहेको बताएका छन् । कोहि नेताले १० करोड रुपैयाँ क्यास घरमा राखेको प्रसङ्ग डा. बाबुराम भट्टराईले उठाएपछि शाहले जनताको घरमा १० लाख रुपैयाँ पनि क्यास नहुने बताउँदै १००० र ५०० को नोट ब्याण्ड हुनुपर्ने बताएका हुन् ।
शाह नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत हुन् । आफ्नो जीवनकालको २५ बर्ष बढी बैंकिङमा बिताएका उनलाई चुनावका बेला कसरी पैसा सर्कुलेट हुन्छ भन्ने राम्रोसँग थाहा छ ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।