PRABHU BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता संस्थापक सेयर बिक्री खुल्ला

National Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर मंसिर १७ गते बुधवारदेखि लिलामीमा बिक्री खुल्ला हुने भएको छ । कम्पनीले १० लाख ४ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयरमा आवेदकले पुस १ गतेसम्म आवेदन गर्न सक्ने भएका छन् । 
सेयरको न्युनतम मुल्य प्रतिसेयर ७२५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त सेयर खरीदको लागि बोलकबोल गर्दा न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्ने भएको छ । यस्तै अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै