PRABHU BANK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारणसभा बिहीबार हुने, यस्ता छन् पारित हुने विषयहरु

First Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको ११औं वार्षिक साधारणसभा मंसिर १८ गते बिहीबार हुने भएको हो । उक्त सभा आम्रपाली ब्याक्वेटमा बिहान ११ बजेबाट हुने भएको छ । लघुवित्तको २२ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
सभाले ९ दशमलव ५० प्रतिशत बोनस सेयर र ४ दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । यस्तै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई अख्तियारी दिने र सर्वसधारण सेयरधनीको तर्फबाट ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।
उक्त सभा प्रयोजनको लागि सेयरधनी दर्ता पुस्तिका मंसिर ५ गते बन्द गरेको कम्पनीले जनाएको छ । जसका कारण मंसिर ४ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र लाभांश तथा साधारणसभामा भाग लिन पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै