सिटिजन्स बैंकले ५ प्रतिशत लाभांश दिने

काठमाडौँ। सिटिजन्स बैंकले लाभांश दिने भएको छ । बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिकवर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।
उक्त बोनस सेयरका लागि कर तिर्न सेयरधनीलाई चुक्ता पूँजीको ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि निर्णय भएको छ।
बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्