PRABHU BANK

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश परिमार्जन

National Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीको उक्त लाभांश बीमा समितिको निर्देशन अनुसार परिमार्जन भएको हो । कम्पनीले यसअघि प्रस्ताव गरेको १७.५ प्रतिशत लाभांशलाई परिमार्जन गरी अब १०.५३ प्रतिशत लाभांश दिने भएको हो ।
यससँगै कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश वितरण गर्ने भएको छ । जुन यसअघि प्रस्ताव गरेको लाभांश भन्दा घटी हो । लाभांशदर घटेपनि कम्पनीले बोनसदरलाई बढाएर नगद लाभांशलाई घटाई नयाँ प्रस्ताव गरेको हो । यसअघि कम्पनीले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । 
जुन कम्पनीले बीमा समितिको निर्देशन अनुसार परिमार्जन गरी बोनसदर ८ प्रतिशतले बढाएर नयाँ प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीरुले पाउने भएका छन् । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्व ८ करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै