![# Met Life Insurance](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg2_QuL16dHtsBUIexJbbmyZ93k7EMm3CosCX7jUIF6F_usKBXMyFmVlu8gLfu4KegjG-oA9QHvGw8HdiKi9amkMR5bulWTd2ujzMjtBlpBdP7yY1zH__pQwRDBB7D2dnFsaw6dpN0u9Kbh/s16000/METLIFE-INSURANCE.jpg)
- बैंकिङ संसार
काठमाडौं । मेटलाइफ नेपालको प्रिमियम कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ । कम्पनीले ग्राहकहरुको प्रिमियम भुक्तानी गर्न अझ सजिलो गर्न अनलाइन सेवाको विस्तार गरेको हो । यससँगैं नेपाल क्लीयरिंग हाउसको नयाँ व्यवस्था अन्तर्गत मेटलाइफ नेपालका ग्राहकहरुले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएसमार्फत आफ्नो प्रिमियम भुक्तान गर्न सक्ने भएका छन् ।
कनेक्ट आइपीएससहित अन्य प्रिमियम भुक्तान माध्यमहरू ग्राहकको सुविधाको लागि अझै उपलब्ध हुने भएको छ । ग्राहकहरूले प्रीमियम भुक्तानी सेक्सनमा मेटलाइफको वेबसाइट भ्रमण गरेर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने भएका छन् । अहिलेको समयमा ग्राहकले डिजिटल सेवाहरूको विकल्प खोजिरहँदा आफुहरु कनेक्ट आइपीएससँग साझेदारी गर्न पाउँदा निकै नै खुशी भएको मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले बताएका छन् ।