PRABHU BANK

ग्लोबल आइएमई बैंक र पश्चिम रुकुमका दुई नगरपालिकाबीच सम्झौता, १० लाखसम्म सहुलियतपुर्ण कर्जा प्रदान गर्ने

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुसिकोट र आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) सँग सम्झौता गरेको छ । बैंक र नगरपालिकाबीच सहुलियतपुर्ण कर्जा प्रदान गर्नका लागि सम्झौता भएको हो ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, मुसिकोट नगरपालिकाका तर्फबाट प्रमुख देविलाल गौतम र आठबिसकोट नगरपालिकाका तर्फबाट प्रमुख गोरख बहादुर केसीले छुट्टा छुट्टै रुपमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नगरपालिकाले उधम व्यवसाय गर्न इच्छुक समूहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिने भएको छ । तालिम पाएका किसान वा व्यवसायीको समूह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ । नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै