काठमाडौँ। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउनमा साढे ८ अर्बको हाराहारीमा नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले साढे ८ अर्बको हाराहारीमा नाफा कमाएका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा २० वटा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । साउनमा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले ७८ करोड ४५ लाख रुपैयाँ कमाएको छ ।
दोस्रोमा नबिल बैंकले ७१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख, नेपाल बैंकले ५५ करोड २७ लाख रुपैयाँ, प्राइम बैंकले ५० करोड ४९ लाख, कुमारी बैंकले ४९ करोड २४ लाख, एभरेष्ट बैंकले ४८ करोड ३९ लाख, एनएमबि बैंकले ४६ करोड ६७ लाख र हिमालयन बैंकले ४० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यता सिद्धार्थ बैंकले ४० करोड १३ लाख, लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमा बैंकले ३९ करोड २ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले ३१ कराेड ९३ लाख रूपैयाँ, प्रभु बैंकले ३० करोड २३ लाख रूपैयाँ, सिटिजन बैंकले २७ करोड २४ लाख, स्ट्याण्डर्ड चार्टर्डले बैंकले २७ करोड १६ लाख, माछापुच्छ्रे बैंकले २६ करोड ५२ लाख, नेपाल एसबीआई बैंकले १५ करोड ८९ लाख र कृषि विकास बैंकले ३७ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन् ।