PRABHU BANK

सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हाल चुक्ता पूँजी ९ अर्व ७८ करोड ७७ लाख ६७ हजार १३८ रुपैयाँ रहेको छ । बैंकले जसको १२ प्रतिशत बराबरको एक अर्व १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैंया बोनस सेयर तथा ३ प्रतिशत बराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रुपैंया नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिएपछि र आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै