बीर बैंकरको कथा: विराटनगरमा मेनेजरको फुर्तिलो निर्णयले राष्ट्रिय वाणिज्य बैंकको ४ करोड लुटिनबाट जोगियो

काठमाडौँ। विराटनगर भन्सार परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको करिब ४ करोड रुपैयाँ शाखा मेनेजर प्रवेश खड्कीको चलाखीपूर्ण निर्णयका कारण लुटिनबाट जोगिएको छ।

प्रदर्शनकारीले बैंकमा पैसा हुनसक्ने चर्चा गरेपछि खड्कीले क्यासियर हरि शाहसँग मिलेर रकम बोरामा हालेर सुटुक्क भ्यानमा शाखा पठाउँदा बैंक लुटिनबाट जोगिएको हो । भ्यानमार्फत रकम पुर्याएपछि केही बेरमै लुटपाट गर्ने समूह बैंक पुगे पनि भल्टमा पैसा नभेटी भागेको थियो ।

यसबीचमा भीडले बैंक कर्मचारीको स्कुटर र ७ हजार रुपैयाँ मात्र लुटेको थियो ।

अहिले बैंकमा उनको बहादुरी र चलाखीको चौतर्फी चर्चा चलिरहेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्