PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको ५५ हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने

Excel Development Bank
  • बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको २५ हजार ५ सय २० कित्ता र ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमार्फत बढाबढ गरी बिक्री खुला गरेको हो ।
लगानीकर्ताले मंसिर २१ गते आइतबारबाट पौष ५ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्ने भएको छ । लगानीकर्ताले न्युनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै