PRABHU BANK

एनआईसी एशिया बैंकको १ अर्व ९४ करोड रुपैयाँ प्रस्तावित नाफा पारित

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्रस्ताव गरेको नाफा पारित भएको छ । बैंकको २३औं वार्षिक साधारणसभा सम्पन्न भएसँगै प्रस्तावित १ अर्व ९४ करोड रुपैयाँ नाफा पारित भएको हो । 
साधारणसभाबाट गत आर्थिक वर्ष २०७६/७७ को नाफा तथा सञ्चित नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको जनाएको छ । बैंकले बोनस सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्व ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ ।
मंसिर २१ गते सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै