PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकबाट रकम झिक्न चेक र डेबिट कार्ड नचाहिने

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकबाट रकम झिक्न चेक र डेबिट कार्ड नचाहिने भएको छ । बैंकले स्मार्ट टेलर संचालनमा ल्याएसँगै पैसा झिक्न चेक तथा डेबिट कार्ड नचाहिने भएको हो ।
बैंकले मंसिर २१ गतेबाट यस स्मार्ट टेलर संचालनमा ल्याएको हो । यस सेवाबाट बैंकका ग्राहकले १ दिनमा कुल १ लाख रुपैयाँसम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने भएका छन् । यससँगै बैंकको स्मार्ट टेलरबाट सेञ्चुरी पे मोबाइल एपबाट क्युआर स्क्यान गरी नगद झिक्न सकिने भएको छ ।
बैंकले ग्राहकको सेवाका लागि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय काठमाडौंको लागि मात्र लागु हुनेछ । निकट भविष्यमा उक्त सुविधा काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरसमेत लागू गरिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै