एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ पुन: नियुक्त

काठमाडौँ। एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुदेश खालिङ पुन: नियुक्त भएका छन्। उनी थप ४ वर्षे कार्यकालको लागि सीइओमा पुन: नियुक्त भएका हुन्।

बैंकको आइतबार बसेको संचालक समिति बैठकले खालिङलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो।

खालिङसँग साढे तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ। उनी एभरेष्ट बैंकमा पहिलो नेपाली सीइओ हुन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्