बैंकिङ कसूर मुद्दामा ३८ वर्षीया महिला पक्राउ

काठमाडौँ। बैंकिङ कसूर मुद्दामा एक जना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा दोलखा घर भई भक्तपुरको चाँगुनारायण बस्ने ३८ वर्षीया रञ्जिता थापा (सिटौला) रहेकी छिन् ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको हो।

थापालाई आवश्यक कारवाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ। थापामाथि करिब १५ लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दा रहेको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्