PRABHU BANK

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाए

Ganapati Microfinance
  • बैंकिङ संसार
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले सोही अवसरमा विभिन्न कार्यक्रम गरी आफ्नो ५औं वार्षिकोत्सव मनाएको छ ।
यस अवसरमा संचालित विभिन्न कार्यक्रमहरूमध्ये ललितपुरको लगनखेलमा विगत देखि संचालित तातो भात अभियान अन्तर्गत एकदिनको लागि वृद्धवृद्धाहरूलाई भोजनको प्रबन्ध गरिएको थियो ।
वि.सं २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल १८ वटा जिल्लामा ३६ वटा शाखा कार्यालयहरूमार्फत ग्रामिण क्षेत्रका २५ हजार ९ सय ४७ सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्द आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै