PRABHU BANK

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई वितरण गर्ने लाभांशदर बढायो

Guheswori Finance
  • बैंकिङ संसार
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई वितरण गर्ने लाभांशदर बढाएको छ । कम्पनीले विगत २ आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६/७७ को लाभांशदर बढाएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा करिब ५ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीले ५.२६ प्रतिशत नगद लाभांश मात्रै पाएका थिए ।
यससँगै संस्थाका सेयरधनीले पछिल्लो २ वर्षपछि बोनस पाउने भएका छन् हुन् । मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८ ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको ८ प्रतिशत बोनस पछि चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर मात्रै वितरण गरेको थियो । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै