बैंकिङ कसुर मुद्दामा २० लाख जरिवाना भएपछि भागेका खत्री पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको टिकाथली बस्ने ४६ वर्षीय प्रदिप खत्री रहेका छन् ।

लक्ष्मी बस्नेतको जाहेरीमा उच्च अदालत पाटनको फैसलामार्फत जाहेरवालालाई बिगो बापत २० लाख रुपैयाँ भराई दिनुपर्ने, प्रतिवादीलाई २० लाख रुपैयाँ जरिवाना, ७ दिन कैद सजाय र पीडित राहत कोषमा क्षतिपूर्ति स्वरूप ८० हजार रुपैयाँ बुझाउनुपर्ने ठहर गरेको थियो।

फैसला कार्यान्वयनका क्रममा खत्री फरार रहेका कारण मिति २०८२ भदौ १३ गते साँझ ४ बजे काठमाडौं महानगरपालिका ३२ कोटेश्वर महादेवस्थानबाट प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार खत्रीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पठाइएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्